मकवानपुर-१ कमल थापा डिनाभन्दा १ हजार ८८४ मतले पछाडी

165
0
Share:

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध सत्ता गठबन्धनबाट कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन् ।

डिनाले एमालेका उम्मेदवार थापासँग १ हजार ८८४ मतको फराकिलो अन्तर बनाएकी छिन् । हालसम्म कुल १२ हजार ६६५ मत गणना गर्दा डिनाले ६ हजार ५८ मत पाएकी छिन् भने थापाले ४ हजार १७४ मत पाएका छन् ।

यता राप्रपाका दीपक बहादुर सिंहले पनि हजार मत कटाएका छन् । उनले हालसम्म १ हजार १६९ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्