
काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापा जितको नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापा १९ हजार १४ मतसहित अगाडि छन् । थापा ५ हजारभन्दा बढी मतले अगाडि छन् ।
३८ हजार ५२५ मतगणना थापाका प्रमुख प्रतिस्पर्धी एमालेका राजन भट्टराई १३ हजार २७ मतसहित पछ्याउँदै छन् । त्यस्तै राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले ३ हजार ११८ मत ल्याएका छन् भने स्वतन्त्रबाट लौरो चुनाव चिह्न पाएका अर्चनशम्शेर राणाले एकहजार १० मत पाएका छन् ।
बुढानिलकण्ठ नगरपालिकाका वडाहरूको मत गणना भैसकेको छ । अहिले काठमाडौं महानगरमा पर्ने वडा नम्बर ८ र ३० नम्बर वडाको मत गणना भइरहेको छ ।
कमेन्ट गर्नुहोस्








