
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा कांग्रेसका उदय शमशेर राणाले ९ हजार ७९७ मतसहित अग्रतालाई कायम राखेका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नवराज सिलवाल ९ हजार ६२० मत प्राप्त गरेका छन् ।
राणा र सिलवालको मतान्तर जम्मा १७७ मात्र छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले १३८६ मतसहित तेस्रो स्थानमा छन् । यहाँ २२ हजार ६४० मत खसेको थियो ।
कमेन्ट गर्नुहोस्








