रुपन्देही–२ मा स्वतन्त्र पार्टीले अग्रता, एमालेका पौडेल पछाडि

151
0
Share:

रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । साँझ ६ बजेसम्म एक हजार एक सय मत गणना हुँदा स्वतन्त्र पार्टीले अग्रता लिएको हो ।

स्वतन्त्रका उम्मेदवार गणेश पौडेलले तीन सय ९९ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार विष्णुप्रसाद पौडेलले तीन सय ६८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका केशवबहादुर थापाले दुई सय ९३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक सय ३१ मतदान केन्द्रबाट ८१ हजार दुई सय दुई मत खसेको छ । यहाँ कूल मतदाता एक लाख २६ हजार आठ सय सात मतदाता रहेका छ ।

कमेन्ट गर्नुहोस्