
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ठले सुरुवाती अग्रता लिएका छन् । १ सय मत गणना हुँदा बिष्टले ६१ र एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मत प्राप्त गरेकी छिन् । उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।
गुल्मीमा प्रतिनिधिसभातर्फ करिब ५० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि विवाद भएको थियो।सर्वदलीय बैठकमा मतगणनाका लागि सहमति जुटाउन ढिलाई भएपछि मत ढिलो गरी गणना भएको हो।
कमेन्ट गर्नुहोस्








