मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी

162
0
Share:

मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । उनले १ हजार ४८ मत ल्याएर विजयी हुँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाए ।

विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए । उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्