चितवन-२ मा मतगणना सुरु

169
0
Share:

चितवन क्षेत्र नम्बर-२ को पनि मत गणना सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेका सो क्षेत्रलाई विशेष रुपमा हेरिएको छ ।

यो क्षेत्रमा लामिछानेसहित कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो ।

कमेन्ट गर्नुहोस्