काठमाडौं-८ मा स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता, गठबन्धन चौथो स्थानमा

151
0
Share:

काठमाडौं क्षेत्र नं. ८ को मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । उनलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् ।

त्यसैगरी, एमाले तेस्रो र गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार चौथो स्थानमा छन् ।

पछिल्लो परिणामअनुसार स्वतन्त्र पार्टीका श्रेष्ठले ६११ मत प्राप्त गरेका छन् भने हाम्रो नेपाली पार्टीका सायमीले ६०३ मत प्राप्त छन् ।
नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०७ मत र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्