
प्रतिनिधिसभाअन्तर्गत सप्तरी क्षेत्र नम्बर-१ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार जयकान्त राउत २३८ मतका साथ अगाडि छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामदेव साह (तेली) ले २१४ मत ल्याएका छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीकी टिकालक्ष्मी चौधरीले २०१, जसपा नेपालका नवल किशोर सुडीले १७८ मत पाएका छन् ।
कमेन्ट गर्नुहोस्








