सप्तरी–२ मा सिके राउत दोब्बर मतले अगाडि

141
0
Share:

सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा जनमत पार्टीका सिके राउतले प्रारम्भिक अग्रता लिएका छन् । राउतले एक हजार २० मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४५२ मत पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत पाएर उपेन्द्रलाई पछ्याउँदै छन् ।

प्रदेशसभा तर्फ (१)मा पनि जनमत पार्टीकै अग्रता देखिएको छ । जनमत पार्टीका सचिन सिंहले एक हजार ३२१ मत पाउँदा जसपाका शैलेन्द्रप्रसाद साहले ५६१ मत पाएका छन् । लोसपाका सरोज मंडलले ४३३ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्