बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको जीप दुर्घटना

163
0
Share:

बैतडीको पाटनमा प्रहरी सवार जीप दुर्घटना भएको छ । मतपेटिका पुर्‍याएर फर्किँदै गरेको जीप पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर दुर्घटना भएको हो ।

जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्