बझाङमा प्रहरीले चलाएको गोली लागेर प्रहरी हवल्दार नै घाइते

161
0
Share:

बझाङमा  सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर प्रहरी हवल्दार घाइते भएका छन् ।

बझाङको छबीस पाथिभेरा गाउँपालिका–१ गुरेलथुमको मष्टा प्रा.वि. मतदान केन्द्रमा हवाई फायर भएको हो ।

झडप रोक्न हवाई फायर गर्दा प्रहरीलाई गोली लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हवाई फायर गरेको गोली घरको भित्तामा लागेर फर्कँदा प्रहरी हवल्दारको खुट्टामा गोली लागेको हो ।

कमेन्ट गर्नुहोस्