
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २:३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।
दुई लाख ६० हजार ४६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार ७९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यहाँका ३०२ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ । थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनक रूपमा मतदान भइरहेको कार्यालयले बताएको छ ।
कमेन्ट गर्नुहोस्








