
बाजुराको एक मतदान केन्द्रमा मतपेटिकामा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी गरिएको हो ।
मतपेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन भइसनसकेको मतदान अधिकृत रामकुमार यादवले बताए ।आफूहरूले मतदातालाई मतपत्र दिएर मतदानका लागि
पठाउँदै गरेको, उता मतपेटिकामा एकाएक धुवाँ निस्किएको यादवले बताए ।आगो देखिएपछि पेटिकामा पानी खन्याइएको उनको भनाइ छ । उनका अनुसार कुल ८४० मतदाता रहेकामा त्यस केन्द्रमा ५२८ खसेको थियो । तर आगलागीबाट कति मतपत्रमा क्षत्रि पुग्यो भन्ने पनि यकिन भएको छैन । उक्त घटनापछि मतदान रोकिएको छ ।
कमेन्ट गर्नुहोस्








