मतदानपछि बाबुरामले भने : राम्रा उम्मेदवारहरूले जितून्, भष्मासुर प्रवृत्तिको अन्य होस्

175
0
Share:

 नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

मतदान गरिरहेको फोटा सामाजिक सं

जालमा सेयर गर्दै डा. भट्टराईले राम्रा उम्मेदवारहरूले जित्नुपर्ने र भष्मासुर प्रवृत्तिको पराजय हुनुपर्ने बताएका छन् ।‘गोरखा पानपा–१ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरियो। राम्रा उम्मेदवारहरूले जितून् ! संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस् ! भष्मासुर प्रवृत्तिको उदय नहोस्’, डा भट्टराईले भनेका छन्, ‘सुशासन र समतामूलक समृद्धिको नयाँ युग शुरू होस्।’

कमेन्ट गर्नुहोस्