एकैदिन थपियो बैंकिङ प्रणालीमा १६ अर्ब निक्षेप

301
0
Share:

एकैदिन बैंकिङ प्रणालीमा १६ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कात्तिक ३० गतेसम्म ५१ खर्ब ८४ अर्ब निक्षेप छ । कात्तिक २९ गतेसम्म ५१ खर्ब ६८ अर्ब रुपैयाँमात्रै थियो ।

सो अवधिमा वाणिज्य बैंकमा मात्रै १३ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप छ ।

तथांकअनुसार एकदिनमा १ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ । यसअवधिमा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप बढेसँगै एकैदिनमा सीडी रेसियो पनि घटेको छ । कात्तिक २९ गते ८७.०९% मा रहेको सीडी रेसियो कात्तिक ३० मा ८६.८५% मा आएको छ ।

कमेन्ट गर्नुहोस्