समृद्धि फाइनान्सको ७.६७ लाख कित्ता सेयर लिलामीमा

188
0
Share:

समृद्धि फाइनान्सले आज (मंसिर १ गते) देखि ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहको सेयर कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने गरि लिलामीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि मंसिर १५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।

कमेन्ट गर्नुहोस्