
युनिलिभर नेपालको १२१५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गते बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले लाभांश पारित गर्न आगामी मंसिर २० गते २९ औं वार्षिक साधारणसभा गर्दैछ । सभा होटल एभरेष्ट, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४:३० बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पारित गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।
कमेन्ट गर्नुहोस्








