
काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सरकारले विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहितको सहायतामा गृह मन्त्रालयले विशेष सुरक्षा योजना तयार पारेको हो ।
जसअन्तर्गत विभिन्न २० वटा सुरक्षा रणनीतिक कार्ययोजना बनेको निर्वाचन आयोगका निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । मतदानभन्दा अघिल्लो दिन मंसिर ३ गते र मतदानको दिन मंसिर ४ गते आवश्यक परेका स्थानमा हवाई गस्ती गरिने पनि बताइएको छ ।
पौडेलका अनुसार सुरक्षा रणनीति अन्तर्गत मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील स्थानको रुपमा वर्गिकरण गरी सोही अनुरुप आपतकालीन सुरक्षा टोली ३० मिनेटमा मतदान स्थलमा पुग्ने गरी तयार पारिएको छ । यस्तै महत्त्वपूर्ण राजमार्गमा पेट्रोलिङ गरिएको पनि बताइएको छ । निर्वाचन भाँड्ने समूहलाई निगरानी गरिने पनि आयुक्त पौडेलले जानकारी दिए ।








