सिटिजन्स बैंकको १४ वर्षे लाभांश इतिहास : सेयरधनी बने हजारबाट लखपति

277
0
Share:

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले हरेक वर्ष आफ्ना सेयरधनीको प्रतिफल वितरण गर्दै आएको छ । बैंकले सेयरधनीको हात खाली राखेको इतिहास छैन । बैंकले आईपीओ जारी गरेदेखि नै सेयरधनीको हात खाली राखेको छैन ।

बैंकले हालसम्म आफ्ना सेयरधनीलाई ९७.३४१ प्रतिशत बोनस सेयर र ८८.९५  प्रतिशत नगद गरी कूल १८६.२९१ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकले सर्वसाधारणमा आईपीओ जारी गरेदेखि नै सेयरधनीको हात खाली राखेको छैन । थोरै भए पनि सेयरधनीलाई प्रतिफल बाँडिरहेको छ । १४ वर्षको अवधिमा सिटिजन्स बैंकका सेयरधनी हजारबाट लखपति बनेका छन् । यो १४ वर्षको अवधिमा बैंकले अधिकतममा २१.०५ प्रतिशत र न्यूनतममा ५ प्रतिशतभन्दा बढी लाभांश दिएको छ ।

यस्तो छ सिटिजन्स बैंकको लाभांश इतिहास

बैंकले पहिलो वर्ष अर्थात् आर्थिक वर्ष २०६५–६६ मा सेयरधनीलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको थियो। सर्वसाधारणमा सेयर निष्काशन गरेको पहिलो वर्ष बैंकले बोनस सेयर भने वितरण गरेन ।

त्यस्तै आर्थिक वर्ष २०६६–६७ मा १२.६३ प्रतिशतमा पनि बैंकले नगद वितरण गरेको थियो । यो वर्ष पनि सेयरधनीले नगद मै चित्त बुझाएका थिए ।

आर्थिक वर्ष २०६७–६८ मा बैंकले ५ प्रतिशत बोनस र ५.५३ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेका थिए ।

त्यसैगरी, आर्थिक वर्ष २०६८–६९ मा ८.४२ प्रतिशत र आर्थिक वर्ष २०६९–७० मा १५ प्रतिशत नगद लाभांश दिएको थियो

बैंकले आर्थिक वर्ष २०७०–७१ मा १३ प्रतिशत बोनस सेयर र ५.९५ प्रतिशत नगद लाभांशसहित कुल १८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो।

यसैगरी, आर्थिक वर्ष २०७१–७२ मा २१.०५ प्रतिशत अर्थात् सबैभन्दा धेरै लाभांश वितरण गरेको थियो । जसमा २० प्रतिशत बोनस र  १.०५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश थिए ।

आर्थिक वर्ष २०७२–७३ मा १५.८ प्रतिशत बोनस सेयर र ०.८३ प्रतिशत नगद लाभांश गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गरेको छ ।

आर्थिक वर्ष २०७३–७४ मा १६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद (कर प्रयोजनार्थ गरी कुल १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७४–७५ मा ३.६२८ प्रतिशत बोनस सेयर र १.६३५ नगद (कर प्रयोजनार्थ) गरी कुल ५.२६३ प्रतिशत, आर्थिक वर्ष २०७५–७६ मा ३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत र आर्थिक वर्ष २०७६–७७ मा ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल ११ प्रतिशत लाभांश बाँडेको थियो ।

आर्थिक वर्ष २०७७–७८ मा कुल १६ प्रतिशत लाभांश वितरण गरिएको थियो। जसमा १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश थिए ।

बैंकले गत आर्थिक वर्षका लागि ९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । गत वर्षको मुनाफाबाट बैंकले बोनस सेयरलाई भन्दा पनि नगद लाभांशलाई प्राथमिकतामा राखेको हो।

बैंकको बारेमा

२०६४ बैशाख ७ गतेदेखि वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो । २० औं वाणिज्य बैंकका रुपमा स्थापना भएको बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो । १५ बर्षको अवधिमा बैंकका ग्राहक संख्या १३ लाख ५५ हजार पुगेका छन् । बैंकले सातवटै प्रदेशमा विभिन्न १७४ वटा शाखामार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्