ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिले नवौं राष्ट्रिय खेलकुदमा ललितपुरका पदक विजेता खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
१९ बिधा अन्तर्गत स्वर्ण, रजत र कांस्य गरी ७३ पदक विजेतालाई सम्मान गरिएको हो । जसनुसार ललितपुरका खेलाडीले २० स्वर्ण, ३१ रजत र २२ कांस्य जितेका थिए । स्वर्णलाई ५ हजार, रजतलाई ३ हजार र कांस्यलाई २ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाली कांग्रेसका नेता मदनबहादुर अमात्य, ललितपुर क्षेत्र २ ‘ख’ का कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकारलगायतले खेलाडीहरुलाइ सम्मान प्रदान गरे ।
कमेन्ट गर्नुहोस्







