
देशको १५औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको कुमारी बैंक लिमिटेडले देशकै अग्रणी बैंक रहेको छ । यस बैंकले इन्टरनेट बैकिङ तथा मोबाइल बैकिङ जस्ता अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । कुमारी बैंकको सेयर हाल धितोपत्र दोस्रो बजार १८६ रुपैयाँ रहेको छ । लगानीकर्तालाई सधैँ प्रतिफल दिँदै आइरहेको यस बैंकले गत आर्थिक वर्षका लागि पनि लाभांश वितरण गरिसकेको छ ।
१८ वटा बैंकले लाभांश प्रस्ताव गर्न बाँकी नै रहेको अवस्थामा सो बैंकले लाभांश घोषणा गरेर साधारणसभाबाट पारित गरी सेयरधनीको खातामा पठाइसकेको छ । आज हामी कुमारी बैंकको लाभांश इतिहासको बारेमा तपाइलाई जानकारी दिँदैछौँ ।
यस्तो छ लाभांश इतिहास
गत आर्थिक वर्ष २०७८/७९ मा भने बैंकले नगद लाभांश मात्र वितरण गरेको थियो । गत वर्षको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त लाभांश साधारणसभाबाट समेत पारित भएर वितरण समेत भइसकेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.८५ प्रतिशत बाेनस र ३.१५ प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेकाे थियो ।
आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२ प्रतिशत नगद गरि कूल १०.५२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८.५ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ मा १२.७५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । यो दुई आर्थिक वर्ष बैंकले नगद दिएकाे थिएन ।
आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र १.१ प्रतिशत नगद गरि कुल २२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११ प्रतिशत बाेनस र ०.५८ प्रतिशत नगद गरि कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । यो वर्ष बैंकले हालसम्मकै उच्च लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत र आर्थिक वर्ष २०६८/६९ बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।
आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४४ प्रतिशत नगद गरि कूल ८.४४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
वित्तीय सूचकमा आकर्षक प्रगति
कुमारी बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा आकर्षण प्रगति गर्न सफल भएको छ । असोज मसान्तसम्म बैंकको खुद नाफा ८५.०७ प्रतिशतले १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ पुगेको छ । बैंकको नाफा बढेसँगै अर्बपति क्लबमा प्रवेश गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड २२ लाख ६१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २८ करोड ६९ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत १ अर्ब ४३ करोड आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७६ करोड ९४ लाख रुपैयाँ रहेको थियो। १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २ करोड ९८ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा कुमारी बैंकले १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिमा खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२८ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २७.२३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १५.६० रुपैयाँ रहेको थियो। पीई रेसयो ६.८३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९.३६ रुपैयाँ रहेको छ।
बैंकको बारेमा
देशको १५ औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको कुमारी बैंक लिमिटेडले देशकै अग्रणी बैंकको रुपमा स्थापित हुन सफल भएको छ । वि सं २०५७ चैत्र २१ गतेबाट आफ्नो आधिकारिक कार्यथालनी गरेको यस बैंकले २२ औँ बसन्त पार गरिसकेको छ ।
आफ्नो स्थापनाकालदेखि नै बैंकले विस्तृत रुपमा आधुनिक बैकिङ सेवा सुविधाहरु दिँदै आएको बैंकले आफ्ना २२८ सेवा विन्दुहरूमार्फत १९२ शाखा संजाल, १३ विस्तारित काउन्टर लगायत २३ शाखारहित बैकिङ इकाई समावेश देशका सहरी, अर्ध सहरी एवं दुर्गम क्षेत्रहरुमा सेवा दिँदै आएको छ।
हाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल रहेका छन् । गत बैशाखमा मात्रै सीईओको नेतृत्व सम्हालेका खनालले बैंकलाई अग्रस्थानमा ल्याउनको लागि सक्रिय भएर काम गरिरहेका छन् । हाल बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।








