
साताको दोस्रो दिन (सोमबार) सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४३ बिन्दुमा रोकिएको छ ।
यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.५० अंकले बढेर ३७५.०३ बिन्दुमा रोकिएको छ ।
कारोबार अवधिभर २२६ कम्पनीको २४ लाख ५२ हजार ०८४ कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँमा किनबेच भएको छ । आईतवार ७७ करोड ४९ लाख ९६ हजार ७०६ रुपैयाँमा कायम भएको छ।
यसदिन १३ वटै सूचकमा हरियाली छाएको छ । कारोबारमा आएका कम्पनीहरु मध्ये १४८ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
कमेन्ट गर्नुहोस्








