
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि (सोमबार) हुँदैछ । सूर्या लाइफको १४औँ वार्षिक साधारणसभा होटल हैरिसन प्यालेस, विराटनगर बिहान ९ बजे सुरु हुनेछ भने ज्योति लाइफको पाँचौं वार्षिक साधारणसभा वाटरफ्रन्ट रिसोर्ट पोखरामा ११ बजे हुँदैछ ।
दुवै कम्पनीहरूले मर्जर प्रस्ताव पारितका लागि साधारणसभा आह्वान गरेका हुन् । यी दुई कम्पनी १: ०.८२ कित्ता सेयर आदनप्रदान गर्दै मर्जरमा जान लागेका हुन् ।
सूर्या लाइफ इन्स्योरेन्सको एक कित्ता सेयर बराबर ज्योति लाइफका सेयरधनीली ०.८२ कित्ता सेयर प्राप्त गर्नेछन् । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब ५५ करोड र ज्योति लाइफ इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब ४२ करोड रहेको छ ।
मर्जरपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गर्ने प्रस्तावलाई समेत सभाले पारित गर्नेछन् ।








