
सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेका हो ।
बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आईसीसीले जनाएको छ । जसअनुसार २०२४ को विश्वकप श्रीलंका, २०२५ को मलेसिया र थाइल्याण्डले संयुक्त आयोजना गर्ने छन् भने २०२६ को विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्ने जिम्मा पाएका छन् ।
कमेन्ट गर्नुहोस्








