नेसनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढे पनि किन घट्यो नाफा ?

254
0
Share:

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म कम्पनीको नाफामा गिरावट आएको छ भने विद्युत बिक्री आम्दानी उल्लेख्य बढेको छ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा ९८.८४ प्रतिशत घटेर ६८ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ५८ करोड ७४ लाख रुपैयाँ रहेको थियो । वित्तीय खर्च उल्लेख्य बढेका कारण नाफामा दबाब पुगेको हो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ३६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६८.६८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४० रुपैयाँ ७३ पैसा घटेर १ रुपैयाँ ६६ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९७.९१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेको छ, भने जगेडा कोष २ करोड ३८ लाख रुपैयाँ सञ्चित छ।

कमेन्ट गर्नुहोस्