
आइएमई लिमिटेडले २३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयानुसार उक्त सभा आउँदो मंसिर १६ गते काठमाडौंको लाजिम्पाटस्थित होटेल हिमालयमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
आइएमईले वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने विशेष एजेन्डा पारित गर्नेछ । यसका साथै, सभाले बोनस सेयर जारी चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सोही सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात पारित गर्नेछ। सभाले सञ्चालक समिति गठन गर्ने सामान्य प्रस्ताव पनि अनुमोदन गर्नेछ।
कमेन्ट गर्नुहोस्








