विनोद चौधरीको चुनावी प्रचारमा नबिल बैंकका झन्डै एकसय कर्मचारी, सबै खर्च नविलले नै व्यहोर्ने

210
0
Share:

चुनाव नजिकिएसँगै नविल बैंकका करिब एकसय जना कर्मचारीहरु विनोद चौधरीको प्रचारप्रसारमा व्यस्त छन् । नवलपरासीमा भएका कार्यालयका कर्मचारी, बुटवल तथा भैरहवामा रहेका कर्मचारी र मुख्यगरी केन्द्रीय कार्यालयमा रहेको प्रसारप्रसार टिम पुरै विनोद चौधरीको प्रचारमा जुटेको छ । उक्त टोलीको नेतृत्व गरेका नविल बैंकका प्रचार विभागका कृष्ण सुवेदीले गरेका छन् । बैंकले नै विनोद चौधरीको चुनवाी खर्च गरेको छ ।

पश्चिम नवलपरासीका गरिब बस्तीहरुमा भोटका लागि पुगिरहेका चौधरीले हालै भोट बैंकका रुपमा केरा किसानहरुलाई केराको प्रशोधन केन्द्र राख्ने र महंगो मूल्यमा केरा खरीद गर्ने आश्वासन दिएर एउटा कम्पनी समेत दर्ता गरेका छन् । उनले उखस किसानहरुलाई पनि उखुको सही मूल्य दिलाइदिने आश्वासन दिएका छन् । कृषकहरुलाई विभिन्न सपना देखाएर भोट माग्ने गरेका चौधरीले चुनावी खर्च समेत आफ्नो पकेटबाट गरेका छैनन् । उनले नविल बैंक मार्फत चुनावी खर्च गर्ने गरेका छन् । नेपालका एक मात्रै डलर अर्बपति सूचीमा रहेका चौधरी सक्रिय राजनीतिमा आउन खोजिरहेका छन् । पटक–पटक कर छलीको मुद्धामा मुछिँदै आएका चौधरी विवादै विवादकाबीच प्रत्यक्ष चुनावमा होमिएका छन् ।

उता विनोद चौधरीको चौधरी ग्रुपले वाईवाई चाउचाउमा कार्यरत मजदुरमाथि लतब नदिएपछि उनीहरु आन्दोलनमा छन् । चासिजीले उचाउ उद्योगमा वर्षौंदेखि र्यकारत कामदारलाई दिँदै आएको सेवासुविधा कटौती गर्नुका साथै श्रमको तलब माग्दा कामबाटै हटाउनेसम्म गरेको छ । सुनसरीको गढी गाउँपालिकामा रहेको सिजीको वाईवाई उद्योगमा कार्यरत श्रमिकहरुलाई कम्पनीले विनाकारण सेवा सुविधाबाट वञ्चित गरेपछि श्रमिकहरु अहिले आन्दोलनमा छन् । श्रमिकहरुले त्यसविरुद्ध गत असोज १४ गते १ महिने लिखित अल्टिमेटम दिएका थिए । तर आफूहरुको मागलाई कम्पनीले वेवास्ता गरेको एक कर्मचारीले बताए ।

यता, श्रमिकहरुको मागलाई सिजीले बेवास्ता गरेको भन्दै नेकपा एमालेकी नेतृ भगवती चौधरीले आपत्ति जनाएकी छन् । सिजीको वाईवाई उद्योगमा श्रमिकले समयमै ज्याला नपाउनु दुखःद रहेको भन्दै नेतृ चौधरीले काम गरेर खाने श्रमिक वर्गको श्रम र परिश्रमले चल्ने उद्योगले यसरी श्रमको अवमुल्यन गर्न नहुने बताएकी छन् ।

कमेन्ट गर्नुहोस्