
गत वर्ष लाभांश वितरणमा राष्ट्र बैंकको कैची लागेको एनआईसी एसिया बैंकले यो वर्ष लाभांश देला कि नदेला भन्ने प्रश्न बैंकका सेयरधनीहरुमा उब्जिएको छ । आर्थिक वर्ष २०७७/७८ को लागि बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले रद्द गरेको थियो ।
राष्ट्र बैंकले एनआईसीको पूँजी पर्याप्त नदेखिएको भन्दै लाभांश रद्द गरेको थियो । बैंकले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९४७ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश रद्द हुँदा गत वर्ष सेयरधनीहरुको हात खाली रहेको थियो । गत वर्ष हात खाली भएकोले लगानीकर्ताहरु यसवर्ष बैंकले उत्कृष्ट लाभांश दिने अपेक्षामा छन् । हालसम्म ८ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् भने १८ बैंकले लाभांश घोषणा गर्न बाँकी छ । एनआईसी एसियाले पनि गत वर्षको लागि लाभांश घोषणा गर्न बाँकी नै छ । गत वर्ष खाली हात चित्त बुझाएका एनआईसी एसियाका लगानीकर्ताहरु यसपटक लाभांशको ब्यग्र प्रतिक्षामा छन् ।
गत वर्ष २०७८/७९ को लागि बैंकले झण्डै साढे १९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्दछ ।
गत आर्थिक वर्षको अन्तिम अर्थात् चौथो त्रैमाससम्म बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ, भने वितरणयोग्य नाफा २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा १९.४३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ ।
४१ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास रहेको बैंकले यसपटक के गर्ला भन्नेमा लगानीकर्ताको जिज्ञासु छन् ।
बैंकले लाभांश घोषणा गर्नुपूर्ण वित्तीय विवरणहरु राष्ट्र बैंकमा पेश गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकबाट स्वीकृति पाएपछि मात्र बैंकले लाभांश घोषणा गर्न पाउँछ ।
एनआईसी एसिया बैंकले हालसम्म वित्तीय विवरण राष्ट्र बैंकमा पेश नगरेको बैंकका एक कर्मचारीले अर्थसञ्जाल डटकमलाई जानकारी दिए । वित्तीय विवरण राष्ट्र बैंकमा पेश भएपछि मात्र लाभांश वितरणको प्रक्रिया अघि बढ्ने उनले सुनाए ।
एनआईसी एसिया बैंकको लाभांश इतिहास
बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद गरी कूल २७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३९ प्रतिशत बोनस सेयर र २.०५ प्रतिशत नगद गरी कूल ४१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यसैगरी, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा २० प्रतिशत, २०६८/२०६९ मा २५ प्रतिशत, २०६७/२०६८ मा २० प्रतिशत, आर्थिक वर्ष २०६६/२०६७ मा २६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०६२/२०६३ मा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०६१/२०६२ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।
२६ वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंक नम्बर वान बैंकअन्तर्गत स्थापित हुन सफल बैंक छ । बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । एनआईसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल छ ।








