दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ४ घाइते

122
0
Share:

दार्चुला । दार्चुलामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा झडप हुँदा ४ जना घाइते भएका छन् ।

गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार राम दत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

झडपमा परी गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, सोही ठाउँका जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्