
कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।
यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।
कुमारी बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५प्रतिशत वा २. हजार ५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०प्रतिशत वा ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंकमा खाता रहेका ग्राहकले माथि उल्लिखित पूर्वभुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिका लागिमात्र हुनेछ। कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५३ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।








