यस्तो छ कुमारी बैंकको २२औँ साधारणसभाको माइन्युट

206
0
Share:

कुमारी बैंकले आफ्नो २२औँ वार्षिक साधारणसभा कार्तिक २१ गते (सोमबार) सम्पन्न गरेको गरेको छ । बैंकले सो साधारणसभाको माइन्यूट बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पठाएको छ ।

बैंकको सभाले १२.५० प्रतिशत नगद लाभांश वितरण गर्नेदेखि एनसीसी बैंकसँग मर्जरमा जानेसम्मको प्रस्ताव पारित गरेको छ ।

बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा सम्पन्न सभामा ४८४ सेयरधनी र प्रतिनिधिमार्फत् ५३० जना गरी कूल १ हजार १४ जना सभामा उपस्थित थिए ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गरेको छ ।

हेर्नुहोस् साधारणसभाको माइन्युटको पूर्णपाठ :-

कमेन्ट गर्नुहोस्