सानिमा माई हाइड्रोपावरको नाफामा सामान्य गिरावट

286
0
Share:

सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

असोज मसान्तसम्म आइपुग्दा हाइड्रोपावरको नाफा ४.४२ प्रतिशतले घटेर २३ करोड २४ लाख १९ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यसले २४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घट्दा त्यसको प्रभाव नाफामा परेको छ ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६.४३ प्रतिशतले घटेर ३२ करोड १७ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ३४ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल सानिमा माई हाइड्रोपावरको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ छ ।

सानिमाको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ १४ पैसाले घटेर ७ रुपैयाँ ५२ पैसा भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४६ पैसाबाट बढेर १५५ रुपैयाँ भएको छ ।

कमेन्ट गर्नुहोस्