
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।
विभिन्न आर्थिक वर्षको नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई बुझिलिन आग्रह गरेको हो। यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र लाभांश बुझिलिन कम्पनीले आग्रह गरेको छ।
लगानीकर्ताले लाभांश लिन कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेटमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालयमा आवश्यक कागजपत्रसहित ३० दिनभित्र सम्पर्क गर्न कम्पनीले सूचित गरेको छ।
तोकिएको मितिभित्र लाभांश नलिएको खण्डमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले स्पष्ट पारेको छ।
कमेन्ट गर्नुहोस्








