
पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा उक्त कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोरेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ ।
पछिल्लो समय अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका छन् ।
कमेन्ट गर्नुहोस्








