श्रमिकमाथि सिजीको ज्यादती : सेवा–सुविधा कटौतीदेखि विनाकारण ‘निकाला’सम्म

261
0
Share:

सुनसरी । नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीको चौधरी ग्रुप (सिजी)ले आफ्नै उद्योगमा कार्यरत श्रमिकमाथि मनोमानी व्यवहार गर्ने गरेको पाइएको छ । सिजीले उद्योगमा वर्षौंदेखि कार्यरत कामदारलाई दिँदै आएको सेवासुविधा कटौती गर्नुका साथै बीना कारण हटाउने गरेको पाइएको हो ।

सुनसरीको गढी गाउँपालिकामा रहेको सिजीको वाईवाई उद्योगमा कार्यरत श्रमिकहरुलाई कम्पनीले विनाकारण सेवा सुविधाबाट वञ्चित गरेको हो । श्रमिकहरुले त्यसविरुद्ध गत असोज १४ गते १ महिने लिखित अल्टिमेटम दिएका थिए । तर आफूहरुको मागलाई प्रशासनले वेवास्ता गरेको एक कर्मचारीले बताए ।

यता, श्रमिकहरुको मागलाई सिजीले बेवास्ता गरेको भन्दै नेकपा एमालेकी नेतृ भगवती चौधरीले आपत्ति जनाएकी छन् । सिजीको वाईवाई उद्योगमा श्रमिकले समयमै ज्याला नपाउनु दुखःद रहेको भन्दै नेतृ चौधरीले काम गरेर खाने श्रमिक वर्गको श्रम र परिश्रमले चल्ने उद्योगले यसरी श्रमको अवमुल्यन गर्न नहुने बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधिसभा उम्मेदवार समेत रहेकी चौधरीले कम्पनीले ५ वर्षदेखि कार्यरत कर्मचारी माथि देखाएको ज्यादती श्रम ऐन विरुद्ध रहेको पनि उल्लेख गरेकी छिन् । ‘काम गरेर खाने श्रमिक वर्गकै श्रम र परिश्रणबाट चल्ने उद्योगले श्रमिकलाई नै प्रताडित गर्दै उनीहरुलाई सेवा सुविधा नदिनु श्रमको अवमुल्यन गर्नु हो’, चौधरीले अगाडी भनेकी छिन्, ‘विगत ५ वर्षदेखि कार्यरत मजदुरहरुलाई अनेक वहाना देखाएर निकाल्नु, सेवा सुविधा घटाउनु श्रम ऐन विपरीत समेत भएकाले भत्सर्ना गर्दछु ।’ उनले तत्काल श्रमिक मजदुरका समस्याहरु हल गर्न कम्पनी प्रशासन समक्ष माग गरेकी छन् ।

कमेन्ट गर्नुहोस्