
उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३.८९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिको तुलनामा लघुवित्तको नाफा बढेको हो ।
समिक्षा अवधिमा कम्पनीले ४२ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४१ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो । यससँगै समिक्षा अवधिमा कम्पनीको कम्पनीको खुद ब्याज आम्दानी १५.४८ प्रतिशतले बढेको छ ।
कमेन्ट गर्नुहोस्








