
बुधबार सुनको मूल्य फेरि उकालो लागेको छ । आज सुनको मूल्य एकैदिन १ हजार ४०० रुपैयाँले बढेको हो ।
योसँगै प्रतितोल छापवाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ कायम भएको हो।
मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापवाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्








