विश्वकप फुटबलका नाममा ५०० शुल्क नलिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

184
0
Share:

सर्वोच्च अदालतले विश्वकप फुटबलको नाममा प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश दिएको हो ।

मिडिया हबले विश्वकप फुटबल–२०२२ को प्रसारण अधिकार पाएको भन्दै त्यो हेर्न प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय गरेको थियो । त्यसविरुद्ध अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

सर्वोच्चले पैसा उठाउने प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन आदेश दिँदै थप छलफलका लागि यही कात्तिक २७ गते दुवै पक्षलाई बोलाएको छ ।

कमेन्ट गर्नुहोस्