
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (मंगलबार) सामान्य अंकले घटेको छ । आज नेप्से २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा एक अर्ब ५३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये ४ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटा समूहको सेयर मूल्य घटेको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
कमेन्ट गर्नुहोस्








