
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को १२.५० प्रतिशत नगद लाभांश धमाधम सेयरधनीको खातामा पठाउन थालेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे खातामा लाभांश जम्मा गरिएकाे बैंकले जनाएकाे छ ।
बैंककाे हिजाे (कात्तिक २१ गते, सोमबार) सम्पन्न भएकाे बाईसौँ वार्षिक साधारणसभाबाट पारित भएकाे गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको करसहित १२.५० प्रतिशत नगद लाभांश सेयरधनीहरूको बैंक खातामा पठाइएकाे हाे ।
हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन पनि बैंकले अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस्








