कुमारी बैंकको साधारणसभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

144
0
Share:

कुमारी बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा आज (कात्तिक २१ गते सोमबार) हुँदैछ । बैंकको साधारणसभा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७८/ ७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा पारित गर्नेछ । सभाले प्रस्तावित कर समेतको १२.५० प्रतिशत नगद लाभांशलाई समेत स्वीकृत गर्नेछ ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको यस बैंकले सभामार्फत मर्जरसम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई जिम्मेवारी प्रदान गर्नेछ । सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते एक दिन बुक क्लोज गरेको छ ।

मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि बैंकको सेयर कारोबार भने रोक्का रहेको छ । असोज १० गतेसम्म कारोबार भई नियमानुसार सेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त सेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

कमेन्ट गर्नुहोस्