समस्याग्रस्त बनेपछि देउराली बहुउदेश्यीय सहकारीले बचतकर्तालाई दिन थाल्यो जग्गा

207
0
Share:

देउराली बहुउदेश्यीय सहकारी संस्था समस्याग्रस्त बनेपछि ठूला बचतकर्ताहरुलाई जग्गा दिन सुरु गरेको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा विवाद उत्पन्न हुन थालेको थियो । उत्पन्न विवादकाबीच सहकारीले सेयर सदस्यहरुको भेला गरेर बचत फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको थियो ।

तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन । चालु पुँजी अभावमा जग्गा दिने बचन दुई महिना अघि सहकारीका अध्यक्ष रवीन्द्र चौलागाइले सदस्यहरुको भेला गरेर बचत फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता दिएका थिए।

सहकारी समस्यामा परेपछि केदारप्रसाद चौँलागाइको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधि रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्र्डस एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नबलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको कम्पनीले जानकारी दिएको छ ।

सबै बचतकर्ताको रकम सुरक्षित होस् भनि जग्गा पास गर्ने समयभन्दा अगाडी नै रविन्द्र चौलागाइले ठुला बचतकर्ताहरुलाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत सुरक्षण बापत चेक हस्तान्तरण गरेका थिए ।

साना बचतकर्ताहरुलाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता दिँदै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्