धादिङमा बस दुर्घटना : २० यात्रु घाइते, पाँच जनाकाे अवस्था गम्भीर

147
0
Share:

यात्रु लिएर काठमाडाैंबाट रुकुम पश्चिम जाँदै गरेको बस आज साँझ धादिङको जोगीमारामा दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत सडकबाट पल्टिएर त्रिशूली नदी किनारमा पुगेको बा ४ ख ५७ २० नम्बर बसमा सवार यात्रुमध्ये २० जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

घाइते यात्रुको स्थानीयवासी, नेपाल प्रहरी लगायतले उद्धार गरेका छन् । घाइतेको मलेखुमा रहेको शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

कमेन्ट गर्नुहोस्