‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु आजबाट बिक्री खुला

181
0
Share:

सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु आजबाट बिक्री खुला भएको छ ।

सानिमा क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरेको हो। कुल इकाइमध्ये १ करोड ५६ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १३ प्रतिशत बिज पुँजीबापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशतले हुन आउने २४ लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ। बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

उक्त इकाईहरुमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म मागबमोजिम खरिद आवेदन नपरेको खण्डमा कात्तिक ३० गतेसम्म खुला इकाइहरु बिक्री खुला गरिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको ‘मेरो सेयर’बाट अनलाइन आवेदन पनि दिन सकिन्छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो फण्ड एक बन्दमुखि योजना हो।

कमेन्ट गर्नुहोस्