४५ दिनभित्र अस्तव्यस्त तार हटाउन विद्युत प्राधिकरणको आग्रह

181
0
Share:

नेपाल विद्युत प्राधिरकणले पोलमा अस्तव्यस्त रुपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा दिएको छ ।

मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रुपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न आग्रह गरेको हो ।

यस्ता तारले शहर कुरुप बनाएको, आगलागी लगायतका विद्युतीय दुर्घटना बढेको, विद्युत सेवा प्रवाहमा पनि असर गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आगलागी नियन्त्रण गर्न र विद्युत सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकहरुलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्न आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्