ब्रोकर, स्टक र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया तत्काललाई स्थगित

201
0
Share:

सर्वोच्च अदालतको आदेशपछि तत्काललाई ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया रोकिएको छ। नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, बस्तु विनिमय बजार नयाँ ब्रोकर लाइसेन्सको निवेदन लिनेलगायत सबै प्रक्रिया अर्को सूचना जारी नभएसम्मकोलागि स्थगित गरेको हो।

“सम्मानित सर्वोच्च अदालतबाट गत कात्तिक ४ गते जारी भएको अल्पकालीन अन्तरिम आदेश अनुरूप गत असोज २ गते प्रकाशित सूचना बमोजिमका आवेदन लिनेलगायतका थप काम कारबाही बोर्डबाट अर्को निर्णय नभएसम्मकोलागि यथास्थितिमा राख्ने निर्णय भएको जानकारी गराइन्छ” बोर्डले सूचनामा भनेको थियो।

ब्रोकरको लागि भने ४५ वटाले नयाँ र एउटाले स्तरोन्नतिको आवेदन दिएका छन् भने स्टक र कमोडिटी एक्सचेन्जको लागि गरेको मागमा कसैको पनि आवेदन नपरेको बोर्डले जनाएको छ।

कमेन्ट गर्नुहोस्