
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।
गत वर्षको सोही अवधिको तुलनामा वस्तु आयात १६.२० प्रतिशतले आयात घटेको छ ।
भन्सार विभागको तथ्याङ्अनुसार गत वर्षको तीन महिनाको अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।
त्यस्तै, तीन महिनाको अवधिमा नेपालले ४१ अर्ब ८२ करोड २ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । निर्यात पनि ३६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
असोज मसान्तसम्म नेपालले ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।
त्यस्तै, नेपालले तीन महिनाको अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।








