गुहेश्वरी मर्चेन्ट बैंकिङको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

163
0
Share:

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले चालु आर्थिक वर्ष २०७९-८०को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्म आइपुग्दा फाइनान्सको खुद नाफा ८५.५७ प्रतिशतले घटेर २२ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको यही अवधिमा फाइनान्सको खुद नाफा १ करोड ५७ लाख रहेको थियो ।

यसअवधिमा सञ्चालन नाफा पनि ८७.५५ प्रतिशतले घटेर २५ लाख ५१ हजार रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा २ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी भने ३४.१६ प्रतिशतले बढेर ६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ५ करोड २ लाख रुपैयाँ थियो ।

फाइनान्सको वितरणयोग्य नाफा ६ करोड ६० लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३३ पैसाले घटेर ९६ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २९ पैसा रहेको थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४५ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २.८१ प्रतिशत पुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९५ करोड ४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३५ करोड रुपैयाँ सञ्चित छ । फाइनान्सले असोज मसान्तसम्म ६ अर्ब ७८ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४४ करोड २१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

कमेन्ट गर्नुहोस्