सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ५ करोड भन्दाबढि नाफा

142
0
Share:

सांग्रिला डेभलपमेन्ट बैंकले ५ करोड रुपैयाँ भन्दा बढि नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ५३ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको हो ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा १.६७ प्रतिशतले बढि हो  हो । बैंकले गत आवको सोही अवधिमा ५ करोड ४४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २६ करोड १ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको खराब कर्जामा भने सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा १.६४ प्रतिशत रहेको थियो भने चालु आवको पहिलो त्रैमासमा २.२७ प्रतिशत पुगेको छ ।

कमेन्ट गर्नुहोस्